धर्म र संस्कृति जगेर्ना गर्नुपर्छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् ।
काठमाडौँको तारकेश्वर नगरपालिका–३ पाँचमानेस्थित तारकेश्वर महादेव मन्दिर परिसरमा आजदेखि सुरु भएको ‘विराट ज्ञान महायज्ञ’को उद्घाटन गर्दै उनले सबै मिलेर धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए ।
“मनमा अशान्ति पाल्नु हुँदैन, जति मनलाई शान्त बनाउने कोशिस गरिन्छ त्यति नै जीवन रमाइलो र उल्लासमय हुन्छ”, अर्थमन्त्री डा महतले भने । पछिल्लो समय युवा धर्म संस्कृतिबाट टाढा हुँदै गएको भन्दै यसलाई जगेर्ना गर्नका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले नगरभित्रका धार्मिक तथा सांस्कृतिक मठमन्दिरका साथै पर्यटकीय स्थललाई स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्नका लागि महायज्ञ आयोजना गरिएको बताए । उनका अनुसार आजदेखि सुरु भएको महायज्ञ यही माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञको वाचक गुरु नारायण चतुव्र्यूह छन् । प्रत्येक दिन बिहान ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ देखि ४ बजेसम्म कथावाचन, ४ः३० बजे प्रसाद ग्रहण र बेलुका ७ देखि ११ बजेसम्म सन्ध्याकालीन भजन प्रस्तुत हुने आयोजकले जनाएको छ ।
















सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह
मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या
प्रतिनिधिसभाबाट तीन अध्यादेश संशोधन स्वीकृत
जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
प्रतिक्रिया