शुक्रबार, फागुन १, २०८२

काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

मेरोन्यूज २०८० माघ १२ गते १०:१८

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा बढी चिसो भएको हो । 

Advertisement
nepal life insurencenepal life insurence

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ ।

काठमाडौंमा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको थियो । पाैने ९ बजे घटेर ३ डिग्री सेल्सियसमा आइपुगेकाे हाे ।  यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम हो ।

प्रतिक्रिया