बिहीबार, वैशाख २४, २०८३

अफगानिस्तानको आठौं विकेट पतन

मेरोन्यूज २०८० माघ १२ गते १५:४५

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपालले आठौं विकेट लिएको छ ।

Advertisement
NiccNicc

शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालका दिपेश कंडेलले २१ औं ओभरको तेस्रो बलमा आरव गुललाई शून्य रनमै एलबीडब्लू धरापमा पारे।

टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। नेपालले पहिलो ओभरमै अफगानिस्तानको विकेट लिएको थियो। नेपालका गुलशन झाले अफगानिस्तानका ओपनिङ ब्याटर नुमान शाहलाई दिपक डुम्रेबाट क्याचआउट गराए। त्यसपछि निरन्तर विकेट चन्दले लिएका छन्।

२१ ओभरको समाप्तिमा अफगानिस्तानले ८८ रन बनाएको छ।

यसअघिका २ खेलमा हार बेहोरेको नेपालले सुपर सिक्समा पुग्नलाई अफगानिस्तानलाई हराउनै पर्ने दवाव छ।

प्रतिक्रिया