यू–१९ विश्वकप क्रिकेट
आकाशको उत्कृष्ट बलिङमा अफगानिस्तान १४५ रनमा अलआउट
मेरोन्यूज
२०८० माघ १२ गते १६:५१

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अल आउट हुँदै १४५ रन बनाएको हो ।
अफगानिस्तानका लागि एएम घजानफरले सर्बाधिक ३७ रन बनाएका थिए भने कप्तान नासीर खानले ३१, हसन एसाखिलले २० तथा फरिदुन दाउदजाईले २९ रन बनाएका थिए ।
अफगानिस्तानले एक समय ८८ रनमा ८ विकेट गुमाएकोमा नवौं विकेटका लागि फरीदून दाउदजाइ र कप्तान नासिर खानले ५५ रनको साझेदारी गरेका थिए ।
खेलमा नेपालका बलर आकाश चन्दले उत्कृष्ट बलिङ गरे। चन्दले सर्वाधिक ५ विकेट लिएका थिए । यस्तै दिपेश कँडेलले २ तथा गुलशन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक/एक विकेट लिएका थिए ।
सम्बन्धित
















SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया