यस्ता छन् एकीकृत समाजवादीको सचिवालय बैठकका निर्णय
मेरोन्यूज
२०८० माघ १२ गते १९:०७

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
शुक्रवार बसेको पार्टीको सचिवालय बैठकले लुम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका सोमप्रसाद पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकेको छ ।
बैठकले गण्डकी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष श्रीनाथ बराललाई अध्यक्ष मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुङको राजीनामा स्वीकृत गरेको छ । सचिवमा अशोक कोइरालालाई चयन गर्ने निर्णय बैठकले गरेको छ ।
यही माघ १४/१५ बस्ने केन्द्रीय परिषद् बैठकमा खाली रहेको केन्द्रीय परिषद् सदस्यको ठाउँमा संस्थागत निर्णय र सिफारिसका आधारमा मनोनयन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
सम्बन्धित
















आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया