बिहीबार, वैशाख १७, २०८३

दरबार हत्याकाण्डबारे भ्रम फैलाएर हामीमाथि घातक प्रहार भए : पूर्वराजा ज्ञानेन्द्र

मेरोन्यूज २०८० माघ १३ गते १७:४३

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयलाई राजनीतिक जालझेल गरी धेरै जनतामा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको बताएका छन् ।

Advertisement
NiccNicc

शनिवार वीरगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले २०५८ जेठ १९ को विनाशकारी कहालीलाग्दो घटनालाई लिएर अहिलेसम्म पनि परिवारमाथि घातक प्रहार हुने गरेको बताए ।

‘जेठ १९, २०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएका थियो।’ उनले भने ‘हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए। सत्य सधैं सत्य हुन्छ। असत्यको विजयी कहिले हुँदैन। हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।’

पूर्वराजा शाहले राष्ट्र प्रेम र राष्ट्रहितको सदाशयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जाने र आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने उति बेला नै आफूले आंकलन गरेको उल्लेख गर्दै उनले बितेका १५ वर्ष पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको बताए ।

उनले जनतालाई भूगोल, जातजाति र धर्म संस्कृतिमा खण्डित गर्ने विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति नपर्न पनि सबैलाई आग्रह गरे ।

प्रतिक्रिया