बुधबार, वैशाख २३, २०८३

विवाह गर्दा वडाको सिफारिस अनिवार्य

मेरोन्यूज २०८० माघ १५ गते १०:३०

काठमाडौँ । जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ।

Advertisement
NiccNicc

वडाले कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमाबच्चाकै ज्यान जोखिममा पर्न थालेपछि बालविवाहलाई रोक्न विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको हो।

तिला गाउँपालिका–६ का वडाध्यक्ष जंग रोकायाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागु नै गरेका हुन्।

कानुनी रूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ। उक्त गाउँपालिकाले सोही अनुसार सिफारिस दिने गरेको छ । २६ वैशाख २०८० देखि विवाह गर्दा नागरिकले अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने नियम लागू गरिएको थियो,सोहीबमोजिम कार्यान्वयन गर्दै आइरहेका छन् ।

तिला गाउँपालिका–६ मा पर्ने घोडे गाउँमा ६८, रिपी गाउँमा ३५ र सुडी गाउँमा ११० गरी जम्मा २१३ घरधुरी रहेका छन्।

वैशाखयता पाँचजना उमेर पुगेका विवाह गर्ने जोडीले सिफारिस लिएका छन्। विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्मदर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया