५१ किलो गाँजासहित तीनजना पक्राउ
मेरोन्यूज
२०८० माघ १५ गते १६:०२

धनकुटा। सागुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५० किलोसहित सुनसरी धरान उपमहानगरपालिका-११ मंगलबारे बस्ने १९ वर्षीय प्रज्ज्वल लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.२ ह ४०४२ नम्बरको अटो जाँच गर्ने क्रममा अटोको ईन्जिनको भागमा लुकाई छिपाई ल्याएको उक्त गाँजा फेला पारी चालक लिम्बुलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२ सार्दिखोला कोलचोकबाट अवैध लागूऔषध गाँजा १ किलो ३० ग्रामसहित सोही महानगरपालिका-१७ घारीपाटन बस्ने ३४ वर्षीय कुमार सुनार समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
सम्बन्धित
















‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया