मंगलबार, वैशाख २२, २०८३

महिलाको हत्यामा संलग्न व्यक्ति पक्राउ

मेरोन्यूज २०८० माघ १५ गते १६:५१

झापा । विर्तामोड नगरपालिका-५ बस्ने इलाम माई नगरपालिका-१ महमाई माइतीघर भएकी ५० वर्षीया माया पुलामी मगरको हत्या गरेको अभियोगमा विर्तामोड नगरपालिका-८ गरामनी घर भई सोही नगरपालिका-५ डेरा गरी बस्ने ४६ वर्षीय चन्द्र प्रसाद प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ । 

Advertisement
NiccNicc

झापा अर्जुनधारा नगरपालिका-६ स्थित बिहानी टोल रोड नम्बर १६ भित्र सडकको दक्षिण किनारा बिग ब्रदर कबडहल अगाडि माया पुलामी माघ ८ गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न प्रसाईलाई प्रहरीले पक्राउ गरेको हो ।

बिग ब्रदर कबडहलको ढोका छेउमा बसी कुराकानी गर्ने क्रममा प्रसाईले विवाह गर्ने प्रस्ताव गर्दा माया पुलामीले दाहिने आँखामा हातले हानेको विषयलाई लिएर प्रसाईले ढुंगा प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । 

प्रसाई उपर झापा जिल्ला अदालत भद्रपुरबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको  छ । 

प्रतिक्रिया