गंगालाल हृदय केन्द्रलाई छिट्टै प्रतिष्ठान बनाउँछौं : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शहीद गंगालाल हृदय केन्द्रलाई छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन्।
केन्द्रको २८औं बार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले केन्द्रलाई प्रतिष्ठान बनाउने प्रकृया अगाडि बढिसकेको जानकारी गराउँदै मुटु रोगको उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको बताएका हुन्।
मन्त्री बस्नेतले भने, ‘गंगालाल हृदय केन्द्रलाई प्रतिष्ठानको रुपमा अगाडि बढाए मात्र भविश्यमा हुनसक्ने जनशक्ति अभावको समस्या समाधान गर्न सकिन्छ भन्ने ठानेर नै सरकारले प्राथमिकतामा राखेर अगाडि प्रतिष्ठान बनाउने काम अगाडि बढेको छ।’
विद्यमान चिकित्सा शिक्षा ऐनका कारण अहिले कयौं विद्यार्थी चिकित्सा शिक्षा अध्ययनकै लागि विदेश जानु परेको स्मरण गर्दै मन्त्री बस्नेतले सरकारले चाडै चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर देशलाई मेडिकल शिक्षाको हवको रुपमा विकास गर्ने दावी गरे। गंगालाल हृदय केन्द्रले मुटु रोगको उपचारका क्षेत्रमा देशमा मात्र नभएर दक्षिण एशियामै आफूलाई अब्बल सावित गरिसकेको बताउँदै देशका अरु अस्पतालहरुले पनि गंगालालबाट सिक्नु पर्ने बताए।
कार्यक्रममा शहीद गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा.रवि मल्लले केन्द्रले गत वर्ष मात्र एक हजार ८ सय ३८ जनाको मुटुको सल्यक्रिया गरेको जानकारी दिदै सरकारले प्रतिष्ठान नबनाए भविश्यमा कार्डियाक सर्जनको अभाव हुने बताए।
डा. मल्लले बिगत ७ वर्ष देखि कार्डियाक सर्जरी विधामा कोही भर्ना हुन नआएको बताउदै त्यो अवस्था अन्त गर्नका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको औंल्याए। कार्यक्रममा सांसद प्रदीप पौडेलले गंगालालले आत्मनिर्भर भएर उदाहरणीय अस्पतालको रुपमा आफुलाई उभ्याएको र अन्य अस्पतालहरुले पनि पाठ सिक्नु पर्ने बताए।
कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले केन्द्रमा रहेर २० वर्ष सेवा पुरा गरेका कर्मचारीलाई सम्मान गरेका थिए। कार्यक्रम केन्द्रका संस्थापक अध्यक्ष डा.अरुण सायमीको अध्यक्षतामा सम्पन्न भएको थियो। वि.सं. २०५२ सालमा ९ शैयाबाट सुरु भएको गंगालाल हृदय केन्द्र अहिले ३०० शैयामा सञ्चालित छ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया