एलन मस्कले गराए मानव मष्तिष्कमा चिप प्रत्यारोपण

न्युयोर्क । पहिलो पटक मानव मष्तिष्कमा चीप हालिएको छ ।
एलन मस्कको न्यूरालिंकले पहिलो पटक गरे मानव मस्तिष्कमा ब्रेन चिप प्रत्यारोपण गरेकाे हाे ।
ससारमा नै पहिलो पटक मस्कको कम्पनी ‘न्यूरालिङ्क’ले मानव मस्तिष्कमा चिप जडान गरेर नयाँ तहल्का मच्चाएको हो । जसका कारण टेस्ला र टविटरकाा मालिक एलन मस्क आफ्नो नयाँ कम्पनी न्यूरालिङ्कको साथ एकपटक फेरि चर्चामा आएका छन्।
उनको स्टार्टअप ‘न्यूराेलिङ्क’ ले पहिलो मानव बिरामीमा मस्तिष्क प्रत्यारोपण गरेको हो । एलोन मस्कले मंगलबार यो जानकारी दिएका हुन । उनले भनेका छन ‘न्यूरालिंक स्टार्टअपले आफ्नो पहिलो मानव बिरामीमा मस्तिष्क प्रत्यारोपण गरेको छ। पहिलो पटक मानवमा न्यूरालिंकबाट गरिएकाे चिप प्रत्यारोपणले सफलता प्राप्त गरेको छ । मस्कले ट्विटर गर्दै अगाडी लेखेका छन, ‘प्रारम्भिक परिणामहरू आशाजनक छन ।’
सन् २०१६ मा मस्कले सह स्थापना गरेको न्यूरो टेक्नोलोजी कम्पनीले मस्तिष्क र कम्प्युटरबीच प्रत्यक्ष सञ्चार च्यानल सिर्जना गर्ने लक्ष्य राख्ने घोषणा गरेका थिए । न्यूरालिंकको टेक्नोलोजीले मुख्य रूपमा ‘लिंक’ नामक इम्प्लान्टमार्फत काम गर्नेछ । पाँच सिक्काको साइजको यन्त्र जसले शल्यक्रियामार्फत मानव मस्तिष्कमा राखिने छ र त्यसले काम गर्न सुरु गर्नेछ ।
कम्पनीले गत वर्ष जारी गरेको विज्ञप्तिमा मानिसमा मस्तिष्क प्रत्यारोपण परीक्षण गर्न अमेरिकी नियामकहरूबाट स्वीकृति प्राप्त गरेको जानकारी दिइएको थियो । यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले यसलाई मानवमा क्लिनिकल परीक्षणको लागि हरियो संकेत दिएको छ ।
















दैलेखमा जङ्गली बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, दुई जना घाइते
हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी
बालेनको स्वागत गर्न पुगेका समर्थक गाडीबाट खसे, ६ जना घाइते
समानुपातिक तर्फको मतपत्र छपाइ सकियाे
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया