बिहीबार, वैशाख ३, २०८३

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

मेरोन्यूज २०८० माघ १६ गते १२:४०

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

मरासिनीको मंगलबार बिहान निधन भएको हो। स्वास्थ्य समस्या देखिएपछि उनलाई कलंकीस्थित नेशनल अस्पतालमा भर्ना गरिएको थियो।

कलंकीस्थित निवासमै उनलाई हृदयघात भएपछि बिहान साढे ८ बजे नेशनल अस्पतालमा भर्ना गरिएको थियो।

तर नेशनल अस्पतालका चिकित्सकले उनलाई बिहान १० बजेतिर मृत घोषणा गरेको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले बताए।

मरासिनी अघिल्लो सातामात्रै सरुवा भएर पाटन आएका थिए । लामो समय जिल्ला न्यायाधीश रहेका उनी अघिल्लो महिना मात्रै उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

प्रतिक्रिया