नख्खु कारागारमा निःशुल्क आँखा परीक्षण शिविर

ललितपुर । नख्खु कारागारमा रहेका आठ सय १६ जना कैदीबन्दीको आज आँखा जाँच गरिएको छ ।
नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालले कारागारमा निःशुल्क आँखा जाँच गरेको अस्पतालका अध्यक्ष एवं आँखा रोग विशेषज्ञ प्रा डा सविना श्रेष्ठले जानकारी दिए ।
अस्पतालले चार दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । प्रा डा श्रेष्ठले भने, “आँखा जाँच गरिएकामध्य चार सय कैदीबन्दीमा दृष्टिदोषको समस्या देखिएको छ भने नौ जना मोतिविन्दुका बिरामी भेटिएका छन्”, अस्पताल व्यवस्थापक दीपक बोहोराले भने । उनका अनुसार एक सय ४८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ भने शिविरमा भेटिएका नौ जना मोतिविन्दुका बिरामीलाई शल्यक्रियाको सेवा पनि निःशुल्क उपलब्ध गराइने छ ।
“सामान्यत वर्षमा दुई पटक सबैले नियमित आँखा परीक्षण गर्नुपर्छ तर कारागारमा रहेका कैदीबन्दी वर्षौंदेखि आँखा उपचारको पँहुचबाट टाढा रहेको थाहा पाएपछि उनीहरुलाई आँखा स्वास्थ्यको पहुँचमा ल्याउन निःशुल्क शिविरको आयोजना गरेका हौ”, प्रा डा श्रेष्ठले भने ।
प्रोफेसनल सपोर्ट सर्भिस नेपालको समेत सहयोगमा सञ्चालन गरेको उक्त शिविरमा प्राडा श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेका थिए ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया