महाकाली नदिमा खसेका व्यक्तिको सकुशल उद्धार
मेरोन्यूज
२०८० माघ १८ गते १८:३३

दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका ४ रिङ्गतालस्थित महाकाली नदिको किनारामा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले माघ १८ गते सकुशल उद्धार गरेको छ ।
सोही नगरपालिका १ छापरी बस्ने अन्दाजी ४२ वर्षिय मदन कुँवरले मादक पदार्थ सेवन गरी छापरीबाट खलंगातर्फ जाने क्रममा महाकाली नदिको किनारामा निर्माण भएको बाँधबाट खसेका थिए ।
कुंवर नदिकिनारमा खसे लगत्तै नं। ४४ गण दार्चुलाबाट झोलुङ्गेपुल सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको हो ।
उद्धार पश्चात उनलाई दार्चुलाको झोलुङ्गेपुलस्थित हेल्थडेस्कमा प्राथमिक उपचार गरी थप उपचारको लागि जिल्ला अस्पताल दार्चुलातर्फ पठाईएको छ । उनको टाउकोमा चोट लागेको छ ।
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया