शनिबार, माघ १७, २०८२

महाकाली नदिमा खसेका व्यक्तिको सकुशल उद्धार

मेरोन्यूज २०८० माघ १८ गते १८:३३

दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका ४ रिङ्गतालस्थित महाकाली नदिको किनारामा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले माघ १८ गते सकुशल उद्धार गरेको छ ।

सोही नगरपालिका १ छापरी बस्ने अन्दाजी ४२ वर्षिय मदन कुँवरले मादक पदार्थ सेवन गरी छापरीबाट खलंगातर्फ जाने क्रममा महाकाली नदिको किनारामा निर्माण भएको बाँधबाट खसेका थिए ।

कुंवर नदिकिनारमा खसे लगत्तै नं। ४४ गण दार्चुलाबाट झोलुङ्गेपुल सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको हो ।

उद्धार पश्चात उनलाई दार्चुलाको झोलुङ्गेपुलस्थित हेल्थडेस्कमा प्राथमिक उपचार गरी थप उपचारको लागि जिल्ला अस्पताल दार्चुलातर्फ पठाईएको छ । उनको टाउकोमा चोट लागेको छ ।

प्रतिक्रिया