कञ्चनपुरमा १२ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता

कञ्चनपुर। खेलाडी उत्पादनको उर्वर भूमी मानिने कञ्चनपुरमा १२ वर्षपछि राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता भएको छ ।
भलिबल, क्रिकेट, कुस्ती, भारत्तोलन, तेक्वान्दो, हक्की, कबड्डी, फुटबल, बक्सिङलगायत खेलका खेलाडी उत्पादनको थलोका रुपमा रहेको कञ्चनपुरमा यसअघि खेलकूद गतिविधि सुनसानजस्तै बनेको थियो ।
विसं २०६८ मा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगिताका केही खेल कञ्चनपुरमा खेलाइएका थिए । त्यसयता कञ्चनपुरमा राष्ट्रिय प्रतियोगिता हुन नसकेको ओलम्पीयन एवं बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्टले बताए ।
“छैटाँै राष्ट्रिय खेलकुदपछि यहाँ कुनै प्रतियोगिता भएनन जसका कारण खेलाडी र खेलप्रीहरु निराश थिए ।” भट्टले भन्नुभयो–“१२ वर्षपछि महेन्द्रनगर स्थित खुलामञ्चमा तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता भएपछि यहाँको खेलजगत निकै उत्साहि छ ।” उनले महेन्द्रनगरमा भइरहेको राष्ट्रिय भलिबल प्रतियोगितामा दर्शकको उत्साहले खेलाडीहरलाइ्र्र हौसला प्रदान गरेको बताए । “कञ्चनपुरमा खेलकुदको इतिहास हेर्ने हो भने हरेक खेलका खेलाडीहरु यहिँबाट उत्पादन भएका छन ।” उनले भने्–“कञ्चनपुरकै उत्पादन दिपेन्द्र सिंह ऐरीले क्रिकेटमा विश्व किर्तिमान बनाउन सफल भएका छन ।”
सात वटा प्रदेश र तीन वटा विभागिग टोली गरि दश वटा टीमको सहभागिता रहेको तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता उत्साहपूर्ण छ ।
प्रतियोगिता स्थल खुलामञ्चमा दर्शकहरुले भरिभराउ छ । एक दशक लामो समयपछि यहाँ राष्ट्रिय प्रतियोगिता भएपछि यहाँको खेलजगत निकै उत्साहित बनेको राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश प्रसाद भट्टले बताए । “पछिल्लो दुई दशकयता सुदूरपश्चिमबाट राम्रो खेलाडीहरु उत्पादन भइरहेका छन ।” उनले भने –“यस्ता प्रतियोगिताले खेलाडीहरुको क्षमता निर्खान मद्द गर्छ ।”
यहिँ भूमीको प्रशिक्षणमा उत्पादन भएका धेरै खेलाडी अहिले नेपाली सेना तथा नेपाल प्रहरीको विभागीय टिमबाट खेल यात्रामा सक्रिय छन । नेपाली क्रिकेटमा परिचित खेलाडी विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, ललित भण्डारी, चन्द्र साउँद, दिलीप नाथ, सञ्जीव जोरा, भीम सार्की, शेर मल्ल, लोकेश बम, धीरेन्द्र चन्द सुदूरपश्चिमले नै उत्पादन गरेका खेलाडी हुन ।
यहाँ खेलाडीको उर्वर भूमी भएपनि प्रशिक्षक अभाव र पूर्वाधार विकास हुन नसक्नु यहाँका स्थानीय बताउँछन । “भलिबल होस या क्रिकेट होस राष्ट्रिय टीम र विभागिय टीममा सुदूरपश्चिमकै खेलाडीहरु छन ।” यहाँका स्थानीय नरेश जोशीले भने–“यहाँ खेलका पूर्वाधार निमार्ण र राम्रो प्रशिक्षण भए अझै उत्कृट खेलाडी उत्पादन हुन आउन सक्छन ।”
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया