बिहीबार, वैशाख ३, २०८३

रास्वपा संसदीय दलको बैठक बस्दै,यी हुन् कार्यसुची

मेरोन्यूज २०८० माघ १९ गते ७:५२

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आज बस्ने बैठकमा  आगामी अधिवेशनका सन्दर्भमा गरिने तयारीका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा उपस्थिति हुनुअघि सभापति रवि लामिछानेले तीनवटा प्रश्न पठाएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। जसमा तत्काल बन्नुपर्ने ४० वटा विधेयकमा सांसदहरू रहेका समितिसँग सम्बन्धित विधेयकहरू र त्यसको अवस्था के छ? अहिले बनिरहेका विधेयकहरूमा पार्टीको चुनावी वाचापत्रमा भएका विषयको सम्बोधन हुने अवस्था के छ? आउने अधिवेशनमा सांसदहरूले उठाउने नागरिक र स्थानीय तहका मुद्दा के हुन्? भन्ने प्रश्न छन्।

संसद्को हिउँदे अधिवेशन माघ २२ गतेदेखि सुरू हुँदैछ। यसैबीच रास्वपाले आइतबार (माघ २१) गतेबाट अलपत्र विकास आयोजनाहरूको निर्माण सम्पन्न गर्न दबाब दिने ध्येयले पदयात्रा गर्दैछ।

प्रतिक्रिया