अवैध लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं, १९ माघ । देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ स्थित होटल सनराईज इनबाट अवैध लागूऔषध खैरो हेरोइन ३३ ग्राम, डिजिटल तराजु १ थान, नगद ८५ हजार रूपैयाँ र मोबाइल १ थानसहित भोजपुर आमचोक गाउँपालिका-९ दुम्माना ठेगाना भएका २३ वर्षीय भिम राज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने ४४ वर्षीय निर बहादुर गुरूङलाई अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम ४५० मिलिग्राम र नगद १८ हजार रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-१५ चमतीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ६ सय ९० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ८ सय ६१ ट्याब्लेट र नगद ८ हजार रूपैयाँसहित सिन्धुपाल्चोक साँगाचोक गाउँपालका-८ घर भई काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने २९ वर्षीय सरोज खड्का समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय १५ मिलिग्रामसहित सोही नगरपालिका-३ झण्डीनगर बस्ने १९ वर्षीय इन्तेयाज अहमदलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिन्धुलीकाे कमलामाई नगरपालिका-६ माझिटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ४० मिलिग्रामसहित सुनसरी बराहा नगरपालिका-३ बस्ने २९ वर्षीय खगेन्द्र बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले बा.७७ प ९७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक बुढाथोकीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङकाे बिराटनगर महानगरपालिका-१५ तीन नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १३ मिलिग्रामसहित तेह्रथुम छतर गाउँपालिका-५ बस्ने ४६ वर्षीया नर्बदा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-७ कलुवापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८१ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय नसिब राना र २२ वर्षीय विजय राना रहेका छन् । ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले नसिबको कोठाको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
झापाकाे बिर्तामोड नगरपालिका-३ बाट अवैध लगूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय अजय राजवंशी र सोही नगरपालिका-४ बस्ने २२ वर्षीय कृष्णा कुमार थापा रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया