हिउँदे अधिवेशनपछि संसदमा विद्युतीय हाजिरी अनिवार्य गरिने

काठमाडौँ । संघीय संसदमा सांसदहरुको विद्युतीय हाजिरी हुने भएको छ । माघ २२ गतेबाट सुरु हुने हिउँदे अधिवेशनदेखि विद्युतीय हाजिरी अनिवार्य गर्न लागि संसद सचिवालयले जनाएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी सभामुख र राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा यस विषयमा छलफल भएको हो ।
विद्युतीय हाजिरीका लागि वानेश्वरस्थित संसद भवनमा बैठक कक्ष बाहिर चार वटा मेसिन राखिएको छ । सभामुख, प्रधानमन्त्री, प्रमुख विपक्षी दलको नेता र पूर्वप्रधानमन्त्रीको हकमा हाजिरीका लागि छुट्टै मेसिनको व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुुसार विद्युतीय हाजिरीका लागि संसद सचिवालयले दुई जना बाहेकका सांसदको औठाछाप र अनुहारको विवरण संकलन गरिसकेको छ । भ्रष्टाचार मुद्दामा निलम्बनमा रहेका टेकबहादुर गुरुङ र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा जेलमा रहेका टोपबहादुर रायमाझीको विद्युतीय हाजिरीको विवरण नलिएको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया