कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
मेरोन्यूज
२०८० माघ १९ गते १९:२२

काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने गरी १० जना संयोजकको जिम्मेवारी दिएको छ।
नेपाली कांग्रेस संसदीय दलको बैठकले अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौड्याललाई संयोजक तोकेको छ।
कानुन न्याय तथा मानव अधिकार समितिमा नागिना यादव, कृषि, सहकारी तथा प्राकृति स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा विकलाई संयोजकको जिम्मेवारी दिइएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद वडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लिलादेवी बोखिम (लिम्वू) र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरे संयोजक तोकिएकाे छ।
सम्बन्धित
















सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया