सरकारको विकल्प खोज्ने बेला आयोः ज्ञवाली

पाेखरा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण देश संकटमा पर्दै गएको बताएका छन ।
प्रेस चौतारी नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले गठबन्धनले सत्ता टिकाई राख्नको लागि सबै खालका हरकत गरेकोसमेत बताए ।
‘देश वहुआयामिक सङ्कट तिर धकेलिरहेको अवस्था छ, यो सङ्कटले समाजमा ठुलो छटपटी, नैराश्य र व्यापक अन्यौलता बढेको छ’, उनले भने, ‘राज्यले कोही नभए पनि सरकार छ भन्ने विश्वास जगाउनु पर्नेमा सरकारकोतर्फबाट त्यो हुन सकेको अवस्था छैन ।’ देशको हरेक क्षेत्र ओरालो लाग्दै गएको पनि ज्ञवालीको टिप्पणी रहेको छ ।
युवाहरूमा अब देश बन्दैन, देशमा भविष्य छैन भन्ने निराशा बाँड्ने काम सरकारले गरेको ज्ञवालीले बताए । मुलुकको बाह्य सम्बन्धमा समेत आँच आउने काम सरकारबाट भएको भन्दै ज्ञवालीले चिन्ता व्यक्त गरेका छन ।
देश र जनतालाई कमजोर बनाएर सरकार बलियो बनाउने प्रयासमा गठबन्धन लागेको उनको भनाइ छ । सरकार उल्टो दिशामा हिँडेको कारण यो सरकारको विकल्प खोज्ने बेला आएको ज्ञवालीको भनाइ छ । देशमा मौलाउँदो बेथिति एमालेले टुलुटुलु हेरेर बस्न नसक्ने उनले स्पष्ट पारेका छन ।
देशका थुप्रै योजना भारतलाई हस्तान्तरण गरेर भारतको आसिर्वाद लिने काम गरिएको ज्ञवालीले भनाइ छ । यसरी लिएका योजना भारतले होल्ड गरेर राख्ने काम मात्र गरेको ज्ञवालीले जनाएका छन ।
















उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया