१० वर्षपछि दुधौलीले विकास निर्माणमा गति लिएको प्रत्यक्ष देखेँ : प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुलीको दुधौली नगरपालिकाले विकास निर्माणमा गति लिएको बताएका छन् । आज दुनपा–५ सिर्थौलीमा नवनिर्मित दुधौली नगर अस्पताल उद्घाटन समारोहमा उनले भने “दश वर्षपछि दुधौलीमा विकास निर्माणले गति लिएको प्रत्यक्ष देख्न पाएँ ।”
विसं २०७० मा निर्वाचनको सन्दर्भमा यहाँ आउँदाको तुलनामा अहिले दुधौलीवासीको चेतना तथा जीवनस्तर उकाशिएको आफूले पाएको उनको भनाइ थियो । रु १६ करोडको लागतमा निर्माण भएको १५ शय्याको नगर अस्पताल उद्घाटन हुनुले यहाँको विकासमा थप सहयोग पुगेको उहाँको भनाइ थियो ।
अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक उपकरण, प्रविधि, दक्ष जनशक्ति र कर्मचारी व्यवस्थापनका लागि काठमाडौँ फर्केपछि पहल गर्ने समेत प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरे । यस क्षेत्रमा विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेकाले सर्पदंश उपचार केन्द्र स्थापना तथा सञ्चालन गर्ने व्यवस्था मिलाइने उनको भनाइ थियो ।
दुधौलीसहित देशको समग्र विकासका लागि वर्तमान सरकारले नेपाल र नेपालीको पक्षमा काम गरिरहेका भन्दै आश्वस्त पारे। देशमा रोजगारी सिर्जना गर्न बन्द अवस्थामा रहेका उद्योग पुनःसञ्चालन, नयाँ उद्योग स्थापनाको प्रयास भइरहेको साथै सरकारले कृषि, स्वास्थ्य, सुशासन र शिक्षालाई विशेष प्राथमिकता दिएर काम गरिरहेको उनले बताए। पछिल्लो समय अर्थतन्त्रका सूचक उत्साहजनक रहेको उनको भनाइ थियो ।
उनले भने, “रेमिट्यान्स र राजस्व पनि वृद्धि भएको छ । पर्यटकको उत्साहजनक उपस्थितिले अर्थतन्त्र सुधारमा सहयोग पुगेको छ ।” दुधौली नगरपालिकाका प्रमुख दिनेशकुमार अधिकारी (दनुवार)को अध्यक्षतामा सञ्चालन भएको दुधौली नगर अस्पताल उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रतिनिधिसभा सदस्य, प्रदेशसभाका सदस्यलगायतको बाक्लो उपस्थिति थियो ।
















नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया