महानगरले छुट्याइएको फोहर सङ्कलन वडा नं २७ बाट सुरु गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्रोतमा वर्गीकरण गरिएको फोहर सङ्कलन कार्यक्रम वडा नं २७ बाट सुरु गर्ने भएको छ ।
यसका लागि महानगरपालिकाले हरियो र निलो रङको सङ्केतसहितको गाडी समेत तयार पारिसकेको जनाएको छ ।
फोहरको स्रोतमै वर्गीकरण गरी सङ्कलन, ढुवानी तथा व्यवस्थापन गर्नका लागि गाडीको व्यवस्था गरिएको हो । वडा नं २७ मा जनसङ्ख्या पाँच हजार छ । जहाँ एक हजार चार सय घरधुरी छन् । वडा नं २७ का स्थानीय रमेश महर्जनले महानगरको प्रशंसा गर्दै आफूहरूले स्रोतमै फोहोर छुट्याएर राख्ने बताए ।
वडा नं २७ का अध्यक्ष योगेश खड्गीले यसका लाग घरघरमै पुगेर फोहर छुट्याउने विधि सिकाउने योजना रहेको बताए । उनले भने, “फोहोर सङ्कलन गर्न जाने कर्मचारीलाई छुट्याइएको फोहर गाडीमा राख्ने प्रभावकारी तरिका सिकाउँछौँ । यसका लागि वडावासीबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ ।”
आगामी एक हप्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, छुट्याइएको फोहरको नमूना सङ्कलन गर्ने अभ्यास गर्ने वडाको योजना छ । यसपछि कार्यक्रम पूर्ण कार्यान्वयनमा ल्याइने छ ।
महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले स्रोतमै छुट्याइएको फोहर व्यवस्थापनका लागि तीन दशमलव पाँच क्युविक मिटर क्षमता भएको गाडी तयार पारिएको छ । सो गाडीमा हरियो र निलो रङका दुई खण्ड तयार पारिएको छ । एउटा खण्डको क्षमता एक दशमलव पाँच क्युविक रहेको उनको भनाइ छ ।
उनले भने, “बाहिरबाट हेर्दा गाडी दुई रङको देखिन्छ । कुहिने फोहर सङ्कलन गरिने कोठा तिर हरियो छ भने नकुहिने तथा अन्य फोहर सङ्कलन गरिने कोठातिर निलो रङ पोतिएको छ ।” वडा न २७ मा कार्यक्रम सफल भएपछि अन्य वडामा पनि विस्तार गरिने छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया