रास्वपाको दबाब अभियान आजदेखि सुरु हुँदै
मेरोन्यूज
२०८० माघ २१ गते ८:००

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु हुँदैछ ।
२१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ ।
मेलम्ची परियाेजनाकाे दीर्घकालिन हितमा काम नगरी अस्थाइ तवरले पानी पथान्तरण गर्ने साेच राखिएकाे र याेजना समयमा पुरा नभएकाे भन्दै रास्वपाले दबाब यात्रा गर्न लागेकाे हाे ।
आइतबार बिहान १० बजे मेलम्ची नगरपालिका—११ स्थित परियोजनाको कार्यालयबाट दबाब यात्रा सुरू हुने रास्वपाले बताएको छ।
पहिलो चरणअन्तर्गत् माघ २१ देखि चैत २१ सम्म प्रत्येक प्रदेशका तीन—तीनवटा योजनामा दबाब यात्रा गरिने रास्वपाले बताएको छ।
रास्वपाले यसअघि पुस ९ देखि ११ गतेसम्म नारायणगढ—बुटवल ११३ किलोमिटर सडक खण्डमा दबाब यात्रा गरेको थियो।
सम्बन्धित















संवाद र दबाबको दोधारमा अमेरिका–इरान सम्बन्ध
युवा संघको अध्यक्ष बने महाराज गुरुङ
President Paudel embarking on official visit to Japan on February 1
अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि : उपेन्द्र यादव
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
प्रतिक्रिया