विश्वविद्यालय खेलकुदको ट्रफी तथा लोगो सार्वजनिक

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा हुने प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी आज सार्वजनिक गरिएको छ ।
प्रतियोगितासम्बन्धी जानकारी गराउन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले प्रतियोगिताको लोगो र रनिङ ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी चार खेलको प्रतिस्पर्धा हुनेछ । भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहनेछ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, ब्याटमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइने छ ।
प्रतियोगितामा १० विश्वविद्यालयका दुई सय ८० खेलाडी सहभागी हुनेछन् । एथलेटिक्समा १२, भलिबलमा एक तथा टेबलटेनिस र ब्याटमिन्टनमा समान पाँच–पाँच गरी जम्मा २३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । दुईदिने उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु ४० लाख खर्च लाग्ने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जानकारी दिए ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया