क्यानडा र लिग २ खेल्ने नेपाली क्रिकेट टीम घोषणा

काठमाडौं । नेपालले घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि नेपालको क्रिकेट टोली घोषणा गरेको छ ।
क्यानडासँग खेल्ने नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह रहेका छन् ।
यस्तै लिग २ खेल्ने नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल रहेका छन् ।
नेपालले क्यानडासँग फेब्रुअरी ८, १० र १२ मा तीन खेलको सिरिज खेल्ने भएपछि टोली घोषणा गरिएको हो। उता आगामी फेब्रुअरी १५ देखि २४ सम्म नामिबिया र नेदरल्यान्ड्ससँग लिग-२ को पहिलो त्रिकोणात्मक सिरिज खेल्नेछ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया