स्पोर्टस अवार्डका वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक भएको छ ।
माघ २८ गते हुने २० औं संस्करणका लागि मञ्चले वर्ष पुरुष खेलाडी र वर्ष महिला खेलाडीमा उत्कृष्ट ८–८ जनाको मनोनयन सार्वजनिक गरेको हो ।
वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडीलाई अवार्डका लागि मनोनयन गरेको मञ्चले जानकारी गराएको छ । उत्कृष्ट वर्ष पुरुषतर्फ क्रिकेट र एथ्लेटिक्सका २ र २ खेलाडी रहेका छन् ।
त्यस्तै भलिबल, पौडी, गल्फ र बुद्धिचालबाट १÷१ जना मनोनयनमा परेका छन् । महिलातर्फ एथ्लेटिक्सका खेलाडीको वर्चस्व र छ । फुटबल, बास्केटबल, पौडी र जुडोबाट पनि खेलाडी मनोनयनमा परेका छन् ।
मनोनयनमा परेका आठ जनाबाट उत्कृष्ट तीनको छनोट केही दिनमा हुने र अन्तिम मनोनयन सूचीमा परेका तीनमध्येबाट कार्यक्रमको दिन विजेता चयन गरिनेछ ।
वर्ष पुरुष खेलाडीको उत्कृष्ट ८ मनोनयन आसिफ शेख क्रिकेट, दीपक अधिकारी एथलेटिक्स, मुकेश पालएथलेटिक्स, मानबहादुर श्रेष्ठ भलिबल, नासिर याहा हुसेन पौडी, रोहित पौडेल , क्रिकेट, रुपेश जैसवाल ,बुद्धिचाल, सुवास तामाङ, गल्फमा रहेका छन् ।
वर्ष महिला खेलाडीको उत्कृष्ट ८ मनोनयन पुनम श्रेष्ठ , जुडो, डुवाना लामा ,पौडी, जयरानी थारु एथ्लेटिक्स, अनुषा मल्ल बास्केटबल, श्रीवी महर्जन ट्रायाथलन, पुष्पा भण्डारी प्थ्लेटिक्स, राजपुरा पछाइ एथ्लेटिक्स यसअघि अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेका छन् ।
पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् ।
यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।
















काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया