स्पोर्टस अवार्डका वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक भएको छ ।
माघ २८ गते हुने २० औं संस्करणका लागि मञ्चले वर्ष पुरुष खेलाडी र वर्ष महिला खेलाडीमा उत्कृष्ट ८–८ जनाको मनोनयन सार्वजनिक गरेको हो ।
वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडीलाई अवार्डका लागि मनोनयन गरेको मञ्चले जानकारी गराएको छ । उत्कृष्ट वर्ष पुरुषतर्फ क्रिकेट र एथ्लेटिक्सका २ र २ खेलाडी रहेका छन् ।
त्यस्तै भलिबल, पौडी, गल्फ र बुद्धिचालबाट १÷१ जना मनोनयनमा परेका छन् । महिलातर्फ एथ्लेटिक्सका खेलाडीको वर्चस्व र छ । फुटबल, बास्केटबल, पौडी र जुडोबाट पनि खेलाडी मनोनयनमा परेका छन् ।
मनोनयनमा परेका आठ जनाबाट उत्कृष्ट तीनको छनोट केही दिनमा हुने र अन्तिम मनोनयन सूचीमा परेका तीनमध्येबाट कार्यक्रमको दिन विजेता चयन गरिनेछ ।
वर्ष पुरुष खेलाडीको उत्कृष्ट ८ मनोनयन आसिफ शेख क्रिकेट, दीपक अधिकारी एथलेटिक्स, मुकेश पालएथलेटिक्स, मानबहादुर श्रेष्ठ भलिबल, नासिर याहा हुसेन पौडी, रोहित पौडेल , क्रिकेट, रुपेश जैसवाल ,बुद्धिचाल, सुवास तामाङ, गल्फमा रहेका छन् ।
वर्ष महिला खेलाडीको उत्कृष्ट ८ मनोनयन पुनम श्रेष्ठ , जुडो, डुवाना लामा ,पौडी, जयरानी थारु एथ्लेटिक्स, अनुषा मल्ल बास्केटबल, श्रीवी महर्जन ट्रायाथलन, पुष्पा भण्डारी प्थ्लेटिक्स, राजपुरा पछाइ एथ्लेटिक्स यसअघि अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेका छन् ।
पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् ।
यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।
















अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
राजनीतिलाई नयाँ र पुराना दलका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
प्रतिक्रिया