बुधबार, वैशाख १६, २०८३

कसैले पत्र लेख्दैमा धरहराको पार्किङ बन्द हुँदैन- मेयर बालेन

मेरोन्यूज २०८० माघ २२ गते ८:४६

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्माण सम्पन्न नहुँदै उद्घाटन गर्ने कार्यलाई भ्रष्टाचारभित्रै राख्न माग गरेका छन् । उद्घाटन भएको करिब तीन वर्ष हुँदा पनि धरहराको निर्माण सम्पन्न नभएको भन्दै उनले निर्माण सम्पन्न नभइ उद्घाटन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यसलाई भ्रष्टाचारभित्रै राख्न प्रस्ताव गरेका हुन् ।

Advertisement
NiccNicc

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब तीन वर्ष अगाडि धरहराको उद्घाटन गरेका थिए । तर यसको निर्माण कार्य हालसम्म पनि सम्पन्न भएको छैन । 

मेयर बालेनले साेमबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै भने धरहरको अन्डरग्राउन्ड पार्किङमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा ‘धरहरा निर्माण हुँदै छ । पार्किङ बन्द गर्नु’ भनि प्रत्र आयाे । 

“उद्घाटन गरेको दुई वर्ष नौ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?,” मेयर बालेन लेख्छन्, “पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।”

धरहराको पार्किङमा शुल्क उठाए सरकारी सम्पत्तिमा रजाइँ गर्ने मनासय देखिएको भन्दै उनी लेख्छन्, “अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाईं गर्ने मनसाय देखिएको छ । हामी काठमाडौं महानगरमा रहुन्जेल  कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ ।”

प्रतिक्रिया