रोकिएको एमाले धादिङ अधिवेशन मंगलबार सुरु हुने

काठमाडौं । नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशन भोलि (मंगलबार) बाट सुरु हुने भएको छ।
आइतबार दुई गुटका नेता कार्यकर्ताहरुबीच कुटाकुट हुँदा स्थगित भएको अधिवेशन मंगलबार बिहान सुरु गर्न लागिएको हो।
बालकोटमा अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा मंगलबार बिहानबाट पुनः अधिवेशनको कार्यक्रम सुरु गरिने सहमती भएको छ । एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीका अनुसार पार्टीलाई अनुशासित बनाएर अधिवेशन सौहार्दपूर्ण ढंगले भोलि (मंगलबार) बिहानबाट सुरु जनाइएकाे छ ।
यही माघ १९ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा प्रतिनिधि छनोट र अध्यक्षमण्डलका विषयमा विवाद भएको थियो । कुटपिटको समेत अवस्था सिर्जना भएपछि प्रदेश अध्यक्ष ढुंगेलले अधिवेशन स्थगित गरेका थिए । जिल्ला अध्यक्ष त्रिपाठीले भने बन्दसत्र अघि बढाउने तयारी गरेका थिए । तर, अन्योलपछि बिहान ८ बजेसम्मका निम्ति बैठक स्थगित गरेर नेताहरू काठमाडौं आएका थिए ।
धादिङमा भएको कुटाकुटको विषय बालकोटसम्म पुगेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन स्थगित गर्न निर्देशन दिएर बैठकका लागि नेताहरुलाई बालकोट बोलाएका थिए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया