पीडितको भावनाअनुरुप टिआरसी विधेयक पारित गर्नुपर्नेमा जाेड

काठमाडौँ । प्रतिनिधिसभाकी पूर्वउपसभामुख शिवमाया तुम्वाहाम्फेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धि विधेयक टिआरसी पीडित पक्षको भावना सम्बोधन हुनेगरी तत्काल टुङ्ग्याउनुपर्ने बताएकी छिन् । प्रेस चौतारी झापाले आज विर्तामोडस्थित नेत्रपार्कमा आयोजना गरेको २६औँ स्थापना दिवसको कार्यक्रममा उनले विधेयकमा मावनताविरुद्ध जघन्य अपराधमा छुट दिन नहुने धारणा राखिन् ।
शान्ति प्रक्रियासँग जोडिएको संवेदनशील विषयमा सरकारले बहुमतका आधारमा विधेयक अनुमोदन गर्ने प्रयास नगर्न पूर्वउपसभामुख तुम्वाहाम्फेले सुझाव दिइन् । “पीडित पक्षको भावना के हो भन्ने कुरालाई बिर्सन हुँदैन,” उनले भनिन्, “सङ्क्रमणकालीन न्यायको सवालमा विधेयक पारित गर्दा सर्वोच्च अदालतको फैसलालाई समेत ध्यान दिनु पर्छ ।”
पूर्वउपसभामुख तुम्वाहाम्फेले सर्वोच्च अदालतको फैसलाअनुरुप पीडितमैत्री विधेयक ल्याउँदा सरकारले सबैको समर्थन पाउने बताइन् । उनले भनिन्, “यो अन्तर्राष्ट्रियस्तरमै मानव अधिकारसँग जोडिएको विषय हो । बहुमतको नाममा मानव अधिकार हनन गर्न पाइँदैन ।”
यसैबीच प्रेस चौतारी झापाले स्थापना दिवसका अवसरमा संस्थाका पूर्वअध्यक्ष तोयानाथ दाहाललाई रु २५ हजारसहित सम्मान गरेको छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया