सूर्यविनायक धुलिखेल सडक विस्तार : घरटहरा हटाउन थालियो

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि साँगा हुँदै धुलिखेलसम्मको छ लेन सडक विस्तार थालिएको छ । साथै सडक किनार र विस्तार गर्नुपर्ने स्थानमा निर्माण भएका घरटहरा पनि आजैदेखि भत्काउन थालिएको छ ।
अरनिको राजमार्ग विस्तारमा मापदण्ड विपरीत र सडक मापदण्ड मिचेर सूर्यविनायक नगर क्षेत्रभित्र निर्माण भएका घरटहरालगायत भौतिक संरचना आजदेखि नेपाल प्रहरी र सूर्यविनायक नगर प्रहरीको सुरक्षामा डोजर लगाएर भत्काउन सुरु गरिएको सूर्यविनायक नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए ।
सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाले विगत एक वर्षदेखि जगातीबारदेखि साँगासम्म र साँगाबाट धुलिखेलसम्म दुई चरणमा एकैसाथ सडक विस्तार भइरहेको छ । कार्य क्षेत्रमा खटिएका आयोजनाको इञ्जिनीयर विवेक पाण्डेले राजमार्गको केन्द्रबाट ७५ फिटको क्षेत्राधिकारभित्र रहेका अस्थायी संरचना भत्काउन सुरु गरिएको बताए ।
सडक मापदण्डभित्र रहेका संरचना नभत्काइँदा सडक विस्तारमा अवरोध आएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वमा आयोजना प्रमुख, भक्तपुरका प्रहरी प्रमुख र सूर्यविनायक नगरपालिकालगायत सरोकारवाला निकायबीच भएको छलफलपछि प्रजिअ श्रेष्ठको निर्देशन र समन्वयमा त्यस्ता संरचना हटाएर सडक विस्तारमा सहजीकरण गर्न नगरबासीलाई पत्राचार गरेका छन् ।

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
प्रतिक्रिया