नापी कार्यालयका कर्मचारी सवार गाडी दुर्घटना हुँदा १ जनाकाे मृत्यु

जनकपुरधाम ।सर्लाहीमा नापी कार्यालय सर्लाहीका कर्मचारी सवार भारतीय बोलेरो गाडी ट्रयाक्टरसँग ठोक्किँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका थिए।
दुर्घटनामा घाइते भएका सर्लाहीको बागमती नगरपालिका- ५ का करिब ४५ वर्षीय विनोद घिमिरेको उपचारको क्रममा गएराति मृत्यु भएको छ।
उनको वीरगञ्ज नजिक रहेको एनएस न्युरो अस्पताल बारामा मृत्यु भएको प्रहरीले जनाएको छ। घिमिरे नापी कार्यालयका कर्मचारी हुन् कि होइनन्, प्रहरीले खुलाएको छैन। तर, बाेलेराेमा सवार अधिकांश कर्मचारी भएका अनुमान प्रहरीको छ।
सोमबार साँझ बीआर ०६ पिडी ९६४८ नम्बरको जिप (बोलेरो) मलंगवा-नवलपुर सडकखण्डमा पर्ने मलंगवा नगरपालिका–१० गम्हरियामा उखु बोकेको ज.१ त १०६७ नम्बरको ट्याक्टरसँग ठोक्किँदा दुर्घटनामा परेको हो।
बोलेरो मलंगवाबाट नवलपुरतर्फ आउँदै गर्दा उखु बोकेको ट्याक्टरको पछाडि ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप (बोलेरो) का चालक मलंगवा- ३ का रामलाल साह पनि घाइते भएका जिल्ला प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख मानन्धर, सञ्जित मण्डल, रामलाल साह, रिटेन यादव, वैधनाथ पटेल, रामबाबु राय, दीपेन्द्र यादव, सहिद अनवर, वैजु यादव, अजय यादव र वैधनाथ राउत घाइते भएका छन्। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
गम्भीर घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज लगिएको थियो।
एकजना घाइतेको भने मलंगवामै उपचार भइरहेको प्रहरीले जनाएको छ। मलंगवाबाट उपचारको लागि बाहिर पठाइएका धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
अहिले एनएस अस्पताल बारामा पाँचजना, वीरगञ्जस्थित बयोधा अस्पतालमा २ जना र तिरुपति अस्पतालमा एक जनाको उपचार भइरहेको छ। एक जना घाइतेको भने कहाँ उपचार भइरहेको छ प्रहरीले आफूलाई जानकारी नभएको भनेको छ।
दुर्घटनापछि प्रहरीले ट्याक्टर चालकलाई पक्राउ परेको छ। घटनाका सम्बन्धमा अप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
















HoR elections: 13.79 million ballot papers printed so far
चुनावी सुरक्षाका लागि सतर्क रहन सुरक्षा फौजलाई प्रधानमन्त्रीको निर्देशन
पूर्वी – प्रशान्त महासागरमा भएको पछिल्लो अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु
उदयपुरमा चार हजार ४३८ बालिकालाई एचपिभी खोप लगाइँदै
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया