एमाले धादिङ जिल्ला अधिवेशनको बन्दसत्र अनिश्चित

काठमाडौं । आन्तरिक विवाद नसुल्झिएपछि नेकपा एमाले धादिङ जिल्ला अधिवेशनको बन्दसत्र अनिश्चित भएको छ ।
आज बिहान आठ बजेदेखि बन्दसत्र सुरु गर्ने भनिए पनि सुरु हुन सकेको छैन ।
बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले आज बिहान सूचना जारी गर्दै निर्धारित मिति र समयअनुसार बन्दसत्र सुरु हुन नसकेको बताएका छन् ।
आन्तरिक तयारीको काम अझै केही बाँकी रहेको’ भन्दै उनले केन्द्रीय संगठन विभागबाट निर्देशन प्राप्त हुनासाथ अर्को सूचना जारी गरेर जानकारी गराउने बताएका छन् ।
यही माघ १९ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा प्रतिनिधि छनोट र अध्यक्षमण्डलका विषयमा विवाद भएको थियो । कुटपिटको समेत अवस्था सिर्जना भएपछि प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन स्थगित गरेका थिए । जिल्ला अध्यक्ष भूमि त्रिपाठीले भने बन्दसत्र अघि बढाउने तयारी गरेका थिए । तर, अन्योलपछि अधिवेशन स्थगित गरेर नेताहरू काठमाडौं आएका थिए ।

















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया