के महँगी घटेकै हो त ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार महँगीको वृद्धिदर घटेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण अनुसार २०७९ पुसको तुलना २०८० पुसमा महंगीको वृद्धि दर घटेको हो । गत वर्षको पुसमा ७.२६ प्रतिशत रहेको महंगी दर चालु आर्थिक वर्षको पुसमा ५.२६ प्रतिशतमा सीमित रहेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा लिएको लक्ष्यभन्दा मुद्रास्फीति कम नै रहेको जनाएको छ ।
असोजमा ७.५ प्रतिशत रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति कात्तिकमा घटेर ५.३८ प्रतिशत र मंसिरमा थप घटेर ४.९५ प्रतिशतमा आएको थियो ।
तर, पुसमा पुनः बढेर वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको महँगीदर ५.७७ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको महँगीदर ४.८५ प्रतिशत रहेको हो ।
यस्तै खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क क्रमशः १३.०७ प्रतिशत, १.०४ प्रतिशत र ०.०६ प्रतिशतले घटेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.६० प्रतिशतमा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै खाद्य तथा खाद्यजन्य पदार्थमा ११.३८ प्रतिशत, दाल तथा गेडागुडीको ११.१४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.२९ प्रतिशत र फलफूलको १०.१५ प्रतिशतले बार्षिक बिन्दुगत मूल्य सूचकांक बढेको हो ।
राष्ट्र बैंककाअनुसार गैर खाद्य तथा सेवा समुह अन्र्तगत यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.६२ प्रतिशतले घटेको छ भने मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.७३ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५.१८ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको हो ।
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
सुकुम्बासी बस्ती नभत्काउन सर्वोच्चकाे अन्तरिम आदेश
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया