मंगलबार, वैशाख १५, २०८३

कांग्रेस महासमिति बैठकमा हिन्दुराज्यको प्रस्ताव ल्याउने जिम्मा नेता भण्डारीलाई

मेरोन्यूज २०८० माघ २३ गते १४:५०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापना महाअभियानको पुनर्गठन गरिएको छ ।नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानको बैठकले कांग्रेसको यही फागुन ७ गते हुने महासमिति बैठकमा हिन्दुराष्ट्र स्थापनाको एजेन्डा लैजाने योजनासहित हिन्दुराष्ट्र स्थापना महाअभियानको पुनर्गठन गरेको हो ।

Advertisement
NiccNicc

महाअभियानका कार्यवाहक संयोजक कांग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले अर्का नेता भण्डारीलाई पद हस्तान्तरण गरेका हुन् । महाअभियानले पार्टीको आसन्न महासमिति बैठकमा हिन्दूराष्ट्रको मुद्दालाई उठाउने निर्णय गरेको हो ।

त्यसका लागि आवश्यक तयारी र नेतृत्वको जिम्मा संयोजक भण्डारीलाई दिइएको छ । यसपटक महासमिति बैठकबाटै हिन्दुराज्यको निर्णय पास गर्न आवश्यक सबै योजना, रणनीति बनाउन भण्डारीलाई जिम्मा दिइएको छ ।

उक्त बैठकमा पूर्व मन्त्री चिरञ्जीवी वाग्ले, कांग्रेस नेता लक्ष्मण घिमिरे, पूर्व सभामुख दमननाथ ढुङ्गाना, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरूणकुमार सुवेदी, कांग्रेसका नेता एवम् पूर्व मन्त्री चिरञ्जिवी वाग्ले, परराष्ट्र मन्त्री एनपी साउदकी पत्नी जोत्सना साउद लगायत उपस्थित थिए ।

भण्डारीको नेतृत्वमा पार्टीको अघिल्लो महासमिति बैठकमा हिन्दुराष्ट्रको पक्षमा कांग्रेस उभिनुपर्ने मतसहित हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो । २०७७ सालमा भएको उक्त बैठकमा ७ सय बढी प्रतिनिधिले हस्ताक्षर गरेर पार्टी नेतृत्वलाई बुझाएका थिए ।

यसपटक भने हस्ताक्षर मात्रै नभएर दवावमुलक कार्यक्रममार्फतनै महासमिति बैठकबाट हिन्दुराज्यको एजेन्डा पास गराउनुपर्नेमा बैठकमा सहभागीहरुको जोड दिएका थिए ।

प्रतिक्रिया