जिल्ला र उच्च अदालतका १२ न्यायाधीशहरूको काज र सरुवा
काठमाडौँ । न्याय परिषद्ले उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशहरूको सरुवा गरेको छ । उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजी बहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णु प्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा भएको छ ।
न्यायपरिषद्ले कास्कीका जिल्ला न्यायाधीश ऋषिराम आचार्यको ललितपुर जिल्ला अदालतमा, सुनसरीका हरिप्रसाद कोइरालालाई कास्कीमा, कास्कीका अवनी मैनाली भट्टराईलाई मकवानपुर, तेह्रथुमका प्रमेश पोखरेलाई पर्सा, रौतहटका तेजबहादुर खड्कालाई झापा र झापाका भीम बहादुर निरौलालाई तेह्रथुम जिल्ला अदालतमा सरुवा गरेको छ ।
त्यस्तै जिल्ला अदालत डडेलधुराका न्यायाधीश दयाराम ढकालको चितवन, नवलपुरका बाबुराम सुवेदीको मोरङ र दाङका कुलप्रसाद पाण्डेको नवलपुर जिल्ला अदालतमा काज सरुवा भएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बिहान बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतका ३ न्यायाधीशको काज सरुवा सिफारिस गरेको हो।
















काठमाडौँका विभिन्न स्थानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु
कांग्रेस देश बदल्ने अठोटसहित आएको छ : प्रवक्ता चालिसे
संवाद र दबाबको दोधारमा अमेरिका–इरान सम्बन्ध
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया