बुधबार, वैशाख १६, २०८३

संसद्का कार्यवाहक महासचिव पाण्डेयले दिएकाे राजीनामा स्वीकृत

मेरोन्यूज २०८० माघ २३ गते १७:२९

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका कार्यवाहक महासचिव पदम प्रसाद पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्। पाण्डेयले मंगलबार राजीनामा दिएका हुन्।

Advertisement
NiccNicc

संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट पाण्डेयले माघ २३ गते दिएका थिए।

आजकै मितिदेखि लागू हुने गरी राष्ट्रपति पौडेलले पाण्डेयको राजीनामा स्वीकृत गरेका हुन्।

प्रतिक्रिया