प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि तय भएको छ ।
आजको बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ । मंगलबारदेखि बैठक सुरु भए पनि पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन् ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
साथै सोही विधेयकलाई पारित गरियोस् भनेर पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
साथै प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ।
















जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
प्रतिक्रिया