आजपाको केन्द्रीय समिति बैठकका ५ बुँदे निर्णय सार्वजनिक

काठमाडौँ । आम जनता पार्टी (आजपा)को केन्द्रीय समिति बैठकका पाँच बुँदे निर्णय सार्वजनिक भएको छ ।प्रभु साह नेतृत्वमा प्रवक्ता चन्द्र भुषण साहले मंगलबार एक विज्ञप्तिमार्फत माघ १९ र २१ गते बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
पार्टी कार्यालय कोटेश्वरमा सम्पन्न उक्त बैठकले पार्टी केन्द्रीय कमिटीलाई पुर्नगठन गर्दै रामपृत रामलाई सल्लाहकार समितिमा जिम्मेवारी ठोस गर्ने निर्णय गरिएको छ । पार्टीको जनसंगठनहरुमा जिम्मेवारी तोकिएको छ भने आगामी दिनमा पार्टीले जनजिविकाका सवालमा आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।
यसैबीच बैठकले राष्ट्रिय मानवअधिकार आयोगले पुर्वाग्रही ढंगले पार्टी अध्यक्ष प्रभु साहको नाम मानव अधिकार उल्लंघनकर्ताको रुपमा सम्प्रेषित गरेर उल्टै मानवअधिकारको उल्लंघन गरेको निष्कर्ष निकाल्दै यसको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
बैठकले वैदेशिक रोजगारका ठगीविरुद्धको संघर्ष, बैंक तथा लघुवित्त र सहकारीको लुटविरुद्धको संघर्ष, भन्सार लगायतका राजस्व लुटविरुद्धको आन्दोलन, भ्रष्टाचारविरुद्धको संघर्ष सहितका जनपक्षीय संघर्षहरुले राज्यमाथि व्यापक जनदवाव बढाएको निकालेको छ ।


















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया