लहानका किसान रतनले फलाए रंगीन काउली, हेर्न आउनेको घुइँचो

सिरहा । सिरहाको लहान नगरपालिका–२४ का किसान रतन साहले विभिन्न रङ् र फरक स्वादका काउली फलाएका छन् । उनले उत्पादन गरेका गुलाबी र पहेँलो रङ्का आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो लाग्न थालेको छ ।
उनले भने, “सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेकाले थिएँ । स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाएँ । परीक्षणका लागि पाँच धुर जग्गामा लगाए । राम्रो उत्पादन भयो । बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु ।”
उनले एक किलोसम्मको काउली फलाएका छन् । “यसको रङ् र स्वाद फरक भएकाले बजारमा पुर्याउनसाथ बिक्री हुन्छ । यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्छ,” किसान साहले भने, “आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु ।” उनले सोमबार मात्र १६ किलो उक्त काउली प्रतिकिलो दुई सय दरले बिक्री गरेका थिए ।
खेतमा रंगीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको उनले जानकारी दिए । “सबैतिर यस काउलीको चर्चा चलेकाले वास्तवमा कस्तो रहेछ भनेर अवलोकनका लागि आएको हुँ । अहिले हेरिसकेपछि मनै आनन्दित भयो,” प्रधानाध्यापक कुशेश्वर यादवले भने ।















तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया