आइतबार, जेठ ४, २०८२

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्दै

मेरोन्यूज २०८० माघ २४ गते ९:३५

काठमाडौँ । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सिंहदरबारमा बस्नेछ । 

संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्न लागेको हो । 

पहिलो बैठकले ६ महिनाभित्र संघीयता कार्यान्वयनमा तीन तहबीच देखिएका अस्पष्टता अन्त्य गर्नेलगायत ६ वटा निर्णय गरेको थियो । 

प्रतिक्रिया