नापी कार्यालय कलंकीका सर्वेक्षक र लेखापढी कर्मचारी १ लाख घुस सहित पक्राउ
मेरोन्यूज
२०८० माघ २४ गते २१:२९

काठमाडौं । नापी कार्यालय, कलंकीका सर्भेक्षक र लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधबार नापी कार्यालयबाटै घुस रकमसहित पक्राउ गरेको हो।
चौलागाईंसँग ४५ हजार र पोखरेलसँग ५५ हजार घुस रकम बरामद भएको आयोगले जनाएको छ। जग्गा हालसाबिक र कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने भन्दै उनीहरूले घुस लिएका थिए।
सम्बन्धित
प्रतिक्रिया