शुक्रबार, माघ १६, २०८२

बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

मेरोन्यूज २०८० माघ २५ गते ११:५९

काठमाडौँ । सङ्घीयता कार्यान्वयनबारे छलफल गर्न बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको छलफल जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेबाट सुरु भएको बैठकमा सत्ता साझेदारसहित मुख्यमन्त्रीहरू समेत सहभागी रहेको बालुवाटार स्रोतले जनाएको छ । 

बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन् ।

बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो ।

प्रतिक्रिया