मंगलबार, वैशाख १५, २०८३

हुलाक कार्यालयका १ हजार ६ सय ३६ कर्मचारीको दरबन्दी खारेज

मेरोन्यूज २०८० माघ २५ गते १९:५९

काठमाडौँ । सरकारले केन्द्रीय धनादेश र टिकट व्यवस्थापन तथा ‘फिलाटेलिक’ कार्यालय खारेज गरेको छ ।

Advertisement
NiccNicc

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘एक पालिका एक हुलाक’ कायम गर्ने, हुलाकको सङ्गठन संरचना परिवर्तन गर्ने र एक हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ । यसअनुसार अब सबै स्थानीय तहमा एउटा हुलाक कार्यालय हुनेछन् ।

साथै बैठकले विद्युतीय सुशान आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ भने गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण (पहिलो संशोधन) निर्देशिका २०८०, स्वीकृत गरेको छ ।

बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयार विकास समिति गठन आदेश २०८० बमोजिम अध्यक्ष पदमा महोत्तरी निवासी डा परशुराम मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले बताईन् ।

प्रतिक्रिया