सोमबार, वैशाख २१, २०८३

सरकारले अघि बढायो बाँसबारीको १० रोपनी जग्गा फिर्ता गर्ने प्रक्रिया

मेरोन्यूज २०८० माघ २६ गते ६:२५

काठमाडौं । बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढेको छ । मालपोत कार्यालय डिल्लीबजारले चाँदबाग रेसिडेन्सी प्रालि (तत्कालीन च्याम्पियन फुटवेयर प्रालि) को नाममा २१ दिनमा उपस्थित हुन पत्र काटेको छ ।

Advertisement
NiccNicc

अन्यथा कानुन बमोजिम नेपाल सरकारको नाममा श्रेस्ता अद्यावधिक पत्रमा उल्लेख छ ।

टोखा नपा वडा नम्बर ६ का वडा अध्यक्षको रोहवरमा सन्चालक समितिको अध्यक्ष सन्जय ठाकुरलाई बिहीबार डिलीबजार कार्यालयले म्याद सहितको पत्र बुझाएको गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले बताए।

“च्याम्पियन फुटवेयर प्रालिका नाममा दर्ता कायम रहेको काठमाडौं नगर–३ सिट नं १०२०९४७–१६ कि.नं. ५८ क्षे.फ. ०४६०७.२० ब.मी. ऐ.ऐ. नाममा दर्ता नगर–३ सिट नं ९४७–२१ कि.नं. १६ क्षे.फ. ००४८७.०० ब.मी. जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अद्यावधिक गरी ल्याउन २०८०/१०/२४ को आदेश बमोजिम त्यस प्रालिका नाममा यो पत्र लेख्ने कार्य भएको छ । पत्र प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २१ दिनभित्र आफैं वा वारेस मुकरर गरी कार्यालय समयभित्र उपस्थित हुनु होला,” पत्रमा भनिएको छ ।

जग्गा हिनामिना गरेको आरोपमा माघ १८ गते पक्राउ परेका चाँदबाग रेसिडेन्सीका अध्यक्ष ठाकुर, सञ्चालक अरुणकुमार चौधरी र तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायण सिंह थापा हाजिर जमानीमा रिहा भइसकेका छन् ।

प्रतिक्रिया