नारायणी अस्पतालमा उपचार गराउनेको सङ्ख्या २३ प्रतिशतले वृद्धि

पर्सा । वीरगन्जको नारायणी अस्पतालमा विशिष्टीकृत सेवा सुरु भएपछि उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उलेख्य वृद्धि भएको छ ।
अस्पतालले दक्ष चिकित्सकको निगरानीमा एमआरआई, सिटिस्क्यान, डाइलोसिस, इन्डोस्कोपी, इकोलगायत विशिष्टीकृत सेवा शुलभ मूल्यमा प्रदान गरेपछि उपचार गराउन आउने बिरामीको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको हो ।
गत आर्थिक वर्षको पहिलो छ महिनामा एक लाख १० हजार चार सय २६ बिरामी उपचारका लागि अस्पताल आएको तुलनामा चालु आवको सोही अवधिमा २५ हजार दुई सय ७६ जना बढी अर्थात् एक लाख लाख ३५ हजार सात सय दुई बिरामीले उपचार गराएको नारायणी अस्पतालका सूचना अधिकृत डा उदयनारायण सिंहले जानकारी दिए । उनले अस्पतालबाट वितरण गरिने सेवाप्रति जनमानसमा बढ्दै गएको विश्वासले बिरामीको सङ्ख्या बढेको बताए ।
अस्पतालमा उपचार गराउनेहरुमा नेपाली मात्र नभई १० प्रतिशतभन्दा बढी सीमावर्ती भारतीय सहरबाट आउने बिरामी रहेका सूचना अधिकारी सिंहले जानकारी दिए ।
अस्पतालबाट उपलब्ध गराउने सेवा अन्य अस्पतालको तुलनामा ४० प्रतिशतसम्म सस्तो र गुणस्तरीय भएकाले बारा, पर्सा, रौतहट, सर्लाहीलगायत सीमावर्ती भारतीय सहरबाट दैनिक एक हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनको भनाइ छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया