प्रधानमन्त्रीको आश्वासन- मन्त्रिमण्डल पुनर्गठन हुन्छ, तामाङलाई मन्त्री बनाउँछु
मेरोन्यूज
२०८० माघ २७ गते १७:२२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् ।
सोनाम ल्होछारको अवसरमा शनिबार तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रिमण्डल पुनर्गठन हुने निश्चित भएको बताए । उनले तामाङ समुदायका एकजनालाई मन्त्री बनाउने घोषणा समेत गरे ।
“म यो लाखौँ जनताको अगाडि भन्दै छु,” उनले भने, “अब संघको मन्त्रिमण्डल पुनर्गठन त हुन्छै हुन्छ । पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ । यो विश्वास म तपाईंहरूलाई दिलाउन चाहन्छु । तपाईं लाखौं जनसमुदायको बीचमा मैले यो कमिटमेन्ट गरेको छु ।”
प्रधानमन्त्री प्रचण्डले सोनाम ल्होछार कार्यक्रमका लागि सरकारले दिने सहयोग रकम नपाएको विषयमा आफूले बुझ्ने र यस वर्ष पनि सहयोग गर्ने बताए ।
सम्बन्धित














१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
प्रतिक्रिया