प्रधानमन्त्रीको आश्वासन- मन्त्रिमण्डल पुनर्गठन हुन्छ, तामाङलाई मन्त्री बनाउँछु
मेरोन्यूज
२०८० माघ २७ गते १७:२२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् ।
सोनाम ल्होछारको अवसरमा शनिबार तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रिमण्डल पुनर्गठन हुने निश्चित भएको बताए । उनले तामाङ समुदायका एकजनालाई मन्त्री बनाउने घोषणा समेत गरे ।
“म यो लाखौँ जनताको अगाडि भन्दै छु,” उनले भने, “अब संघको मन्त्रिमण्डल पुनर्गठन त हुन्छै हुन्छ । पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ । यो विश्वास म तपाईंहरूलाई दिलाउन चाहन्छु । तपाईं लाखौं जनसमुदायको बीचमा मैले यो कमिटमेन्ट गरेको छु ।”
प्रधानमन्त्री प्रचण्डले सोनाम ल्होछार कार्यक्रमका लागि सरकारले दिने सहयोग रकम नपाएको विषयमा आफूले बुझ्ने र यस वर्ष पनि सहयोग गर्ने बताए ।
सम्बन्धित
















सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया