वर्तमान सरकार गठनपछि धेरै सुधार भएकाे छ : मन्त्री गुरुङ

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकार गठन हुँदाको समयको तुलनामा अहिले धेरै सुधार भएको बताएका छन् ।
नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले धेरै सुधार भए पनि मुलुकमा अझै अप्ठ्यारो अवस्था भने कायमै रहेको उल्लेख गरे।
“वर्तमान गठबन्धन सरकार गठन हुँदा अवस्था निकै चुनौतीपूर्ण थियो । सबैतिर अब नेपाल पनि श्रीलङ्काकै पदचापमा जाने भयो भन्ने अवस्थामा थियो”, उनले भने, “हामीहरु मन्त्रीमण्डलमा समावेश भइसकेपछि त्यो अप्ठ्यारो परिस्थितिबाट विस्तारै ‘ट्र्याक’मा ल्याउँदै छाँै । पूरै राम्रो भइसकेको भने छैन ।”
केही अप्ठ्यारो परिस्थितिका कारण जनताको चाहनाअनुसार काम हुन नसकेको भनाइ उनका भनाइ थियो । “हामीले चाहे जति गर्न सकिरहेका छैनाँै मैले स्वीकार गर्छु”, उनले भने ।
उनले न्यायालय स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै न्यायालय स्वतन्त्र छ भन्दैमा न्यायाधीशले आफूखुसी निर्णय गर्न नपाउने बताए। न्यायाधीशहरुले कमी कमजोरी गरे न्यायपरिषद्ले कारबाही गर्ने उनको भनाइ थियो । उनले भने “न्याय सम्पादनमा यदि कमी कमजोरी देखियो र त्यसमाथि केही कुरा जोडिएर आयो भने सरकारले कसैलाई छाड्दैन ।”
सहकारी पीडितका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरिरहेको बताउँदै उनले दोषी देखिएका सबैलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे । उनले भने “राजनीतिक प्रभावले ठगी धन्दामा लाग्नेलाई सरकारले छोड्ने र छुट दिने गर्दैन ।”
फरक प्रसङ्गमा बोल्दै नेपाली कांग्रेसका उपसभापति मन्त्री गुरुङले समुदायमा कांग्रेस अभियानका क्रममा देखिएको निराशाबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले भने “लोकतन्त्र मान्ने मान्छे निराश हुने आत्तिने होइन । जनमत परिवर्तन भइरहन्छ ।” राजनीति निरन्तर बग्ने नदी भएकाले उतारचढाव आइरहने भन्दै उनले आत्तिन नहुने बताए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया