गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : विनोद चौधरीसँग बयान लिइयो कि लिइएन ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भन्दै प्रश्न गरेका छन् ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवर उपस्थित रहेको बैठकमा लामिछानेले बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीकै बराबर सेयर भएका विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भनेर प्रश्न गरेका हुन् ।
लामिछानेले भने, ‘बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिन अगाडि हिरासतमा राखिएको देखियो। जग्गा हडप्दा चौधरीकै जति सेयर भएका अन्य साझेदारहरुमध्ये सत्तारुढ दलका सांसद विनोद चौधरीको पनि देखिएको छ। तर अनुसन्धानको दायरामा राखेर बयान त लिन सकिन्थ्यो होला। बयान लिइयो कि लिइएन ?’
लामिछानेले पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतीक थापाबारे के पत्ता लाग्यो र खोज्ने प्रक्रिया कहाँ पुग्यो भनेर समेत प्रश्न गरे। उनले इन्द्रजित राईका छोरा निरजबारे पनि कुरा उठाएका थिए।
त्यस्तै लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धानमा ढिलाई भएको भन्दै गृहमन्त्रीसँग जवाफ समेत माग गरे ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया