राजकुमार राना मृत्यु प्रकरण : प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ

धनगढी । कञ्चनपुरको लालझाडीमा पाँच महिना अगाडी मारिएका एक युवकको हत्या प्रकरणको अनुसन्धानमा प्रहरी नै तानिएको छ । पीडित परिवारको जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना साहायक प्रहरी हवलदार समेत छन् ।
पक्राउ पर्नेमा सहायक प्रहरी हवलदार महेश चौधरी र चेतराज भण्डारी छन् । गत असोज २८ गते लालझाडी गाउँपालिका-३ का २८ वर्षीय राजकुमार रानाको शव कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा भेटिएको थियो । घटनामा प्रहरीले पाँच महिना वित्दासम्म कसैलाई पक्राउ गर्न सकेको थिएन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डांगीले पक्राउ पर्ने चौधरी प्रहरी सहायक हवल्दारसमेत रहेको खुलासा गरेपछि घटनामा प्रहरी नै समेत तानिएको हो ।
पक्राउ पर्नेलाई केही दिनअघि मात्र इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । मृतक रानाको श्रीमती सुशीला रानाले आफनो श्रीमानलाई प्रहरी साहायक हवल्दार चौधरीसहितले हत्या गरेको किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
१८ असोजमा श्रीमती सुशीला रानालाई फोन गरेर अत्तरियामा श्रृंगारका सामान बिक्रीको काम गरिरहेको बताएका राना दशैं मनाउन घर फर्किने कुरा थियो । तर, त्यसको १० दिनपछि २८ असोजमा कृष्णपुर नगरपालिकामा पर्ने बालुवाफाँटाको जंगलमा मृत भेटिएको खबर परिवारले पाएको थियो ।
२० असोजदेखि परिवारसँग सम्पर्क नभएपछि राजकुमारको परिवारले नातागोतासँग उनीबारे सोधीखोजी गरेका थिए ।राजकुमारले गर्ने गरेको कामका बारेमा परिवारमा कुनै जानकारी थिएन । उनले पनि परिवारमा कामको प्रकृतिका बारेमा खास बताएका थिएनन । धनगढीमा काम गर्ने गरेको मात्र राजकुमारले परिवारलाई बताएका कारण पनि प्रहरीले अनुसन्धानमा विलम्ब गरिरहेको थियो ।
तर बेलाबेला राजकुमारको नाम जोडेर र उनले बेलौरीकै नन्दकली रानाको खाताबाट तीन लाख रुपैयाँ झिकेको भन्दै त्यो रकम माग्न बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष विषराम राना समेतको टोली घरमै पुगेर परिवारलाई धम्काएकोले पनि परिवार त्रसित थिए । त्यही पेरीफेरीमा राजकुमारको शव भेटिएपछि परिवारले उनको हत्या नै भएको भन्दै दोषी पक्राउ गर्न प्रहरीलाई दवाव बढाईरहेको थियो । तर प्रहरीले कुनै जानकारी परिवारलाई दिएको थिएन । प्रहरीले घटनाको अनुसन्धानमात्र भईरहेको बताउँदै आएको थियो ।
त्यसमाथी राजकुमार मारिनु अगाडी प्रहरी हिरासतमै रहेको भन्नेजस्ता विषय पनि सार्वजनिक हुन थालेपछि परिवारले प्रहरीमाथी अनुसन्धानका लागि थप दवाव बढाउन थालेका थिए ।
कृष्णपुर नगरपालिका–३ को देखतभूली बस्ने राजकुमारकी दिदी रजनी रानाले दाजु नाता पर्ने राजेश रानाबाट राजकुमार प्रहरीको थुनामा रहेको सूचना पाएकी थिइन् ।
राजेशले कृष्णपुर नगरपालिकाकै चेतराज भण्डारीले भनेको भन्दै रजनीलाई राजकुमार पक्राउ परेको बताएका थिए । सो क्रममा भण्डारीले राजकुमारलाई नेपाल प्रहरीको घुमुवा (सादा पोशाकका प्रहरी) ले गुलरियाको जंगलमा रहेको नर्सरीमा लखेटिरहेको अवस्थामा देखेको बताएको अडियो समेत सार्वजनिक भएको थियो ।
त्यसपछि घटना रहस्यमय बनेको थियो ।
घटनाको पाँच महिना पुग्दा समेत रानाको हत्या कसले गरेको भन्ने कुनै सुइको नपाएको प्रहरीले मृतकका श्रीमतीकै किटानीका आधारमा साहायक प्रहरी हवल्दारसहित २ जनालाई पक्राउ गरेपछि प्रहरी नै अनु्सन्धानमा तानिएको हो ।


















महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया