पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने महिला पक्राउ
मेरोन्यूज
२०८० माघ २८ गते १८:४०

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका १२ हाल काठमाडौं महानगरपालिका २६ सामाखुसी बस्ने मञ्जु रावत रहेकी छन्।
रावतले राजीव बस्नेतसहित ३ जनाबाट पोर्चुगल पठाइदिन्छु भन्दै रु १८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
उनले बस्नेतसहित ३ जनालाई पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक १ लाख ५० हजारसम्म तलब हुन्छ भनी विश्वास दिलाएर प्रलोभनमा पारेको प्रहरीको भनाई छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोली बिहीबार नयाँ वानेश्वरबाट पक्राउ गरिएकी रावतलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार कार्यालय ताहाचाल पठाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित
















विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया